बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
ratopati.com · Wed Jun 03 14:21:58 GMT 2026

झापा । झापाको मेचीनगरमा बुधबार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)