अध्यादेशमार्फत ल्याइयो कर्णालीको बजेट, विपक्षी एमालेले भन्यो : संवैधानिक व्यवस्था हुँदाहुँदै चोर बाटो समातियो
pahilopost.com · Thu Jul 15 17:47:13 GMT 2021
सुर्खेत : कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेको थियो।
नेकपा एमालेका सांसदले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि चालु अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याइएको हो। बुधवार राति चालु अधिवेशन अन्त्य गरेर बिहीवार अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)