रसुवा बाढी प्रभावितलाई सहयोग जुटाउन पोर्चुगलमा बिक्री भयो रोनाल्डोको जर्सी
onlinekhabar.com · Sat Sep 19 09:06:46 GMT 2026

३ असोज, पोर्चुगल । पोर्चुगलमा रहेका एक नेपाली युवाले आफूसँग रहेको विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरयुक्त जर्सी बिक्री गरेर रसुवा बाढी प्रभावितलाई आर्थिक सहयोग गरेका छन्।
पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका कैलालीको गौरीगङ्गा नगरपालिका–८ बढैपुरका ३१ वर्षीय राज कलेलले रोनाल्डोले हस्ताक्षर गरेको जर्सी १ हजार २०० युरो (नेपाली रुपैयाँ २ लाख १० हजार ६ सय) मा बिक्री गरेका हुन्। उक्त रकम कलेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)