मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्जा दुरूपयोग कसुरमा एक जना पक्राउ

nepalviews.com · Wed Jun 03 14:37:39 GMT 2026

काठमाडौं । कृत्रिम व्यवसाय खडा गरी पटकपटक कर्जा दुरूपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेसका सञ्चालक ओमप्रसाद पाण्डेलाई पक्राउ गरिएको छ ।

काठमाडौं महानगरपालिका–९ रातोपुलका पाण्डेलाई आज पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय