नेपालको आर्थिक संकट व्यवस्थापन
abhiyandaily.com
बंगलादेशबाट सिक्न सकिने पाठ
‘आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने तर अरूकोमा जुम्रा देख्ने’ भन्ने उक्तिलाई साभार गरेर हेर्दा अर्थतन्त्रका बाह्य कुराहरूलाई मात्र तेस्र्याएर संकटको समाधान खोजिनु हुँदैन । आफ्ना र भित्रका कुराहरूलाई समेत ध्यान दिन जरुरी छ । रूस युक्रेन युद्ध र कोरोना विपद्को विश्वव्यापी प्रभावबाट संकट उत्पन्न भएको हो भने पनि बंगलादेशको आर्थिक सूचकहरू हेर्दा आन्तरिक तत्त्वहरू बढी उत्तरदायी मानिन्छ । त्यहाँको कुल गार्हस्थ्य उत्पादनको २१ दशमलव ८ प्रतिशतभन्दा बढी वैदेशिक ऋण छ । राष्ट्रको आयको भाग आयातमा मात्रै ४४ प्रतिशतभन्दा बढी खर्च भएको अवस्था छ । त्यस्तै वैदेशिक मुद्राको सञ्चिति ४२ बिलियन डलर छ, जसले ५ महीनामात्र धान्न सक्ने अवस्था छ । देशको घाटाको अवस्था हेर्दा २०२० मा २ दशमलव ७ बिलियन डलर रहेकोमा यस वर्ष झन्डै आठ गुणा १७ दशमलव २ बिलियन डलर हुन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)