संविधान दिवस : बागमती प्रदेश संरचना निर्माणदेखि सेवा विस्तारसम्म
ratopati.com · Sat Sep 19 09:35:52 GMT 2026

हेटौँडा । नेपालको संविधान २०७२ ले सङ्घीय शासन प्रणालीअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना व्यवस्था गरेपछि सुरु भएको बागमती प्रदेश सरकारको अभ्यास करिब आठ वर्ष सात महिना पूरा भएको छ ।
संविधानपछि २०७४ सालमा भएको निर्वाचनबाट प्रदेशसभा गठन भएसँगै तत्कालीन प्रदेश नं ३ मा डोरमणि पौडेलको नेतृत्वमा पहिलो प्रदेश सरकार गठन भएको थियो । त्यसयता प्रदेशले मन्त्रालय, प्रशासनिक निकाय, कानुन, योजना तथा बजेट प्रणाली निर्माण गर्दै सडक, पुल, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिँचाइ, पर्यटनलगायत क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)