करेन्ट लागेर मरेको आशङ्का गरिएको ‘रोनाल्डो’को धार्मिक विधिअनुसार अन्त्येष्टि
ratopati.com · Sat Sep 19 09:41:48 GMT 2026

चितवन। चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको हो ।
पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युत्को तार फेला परेकाले करेन्ट बेरिएर मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुने चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)