पूर्वीय सभ्यतामा प्रकृतिको पूजा र आधुनिक युगमा वातावरणीय सङ्कट
ratopati.com · Sat Sep 19 09:45:00 GMT 2026

हिमालय पर्वतलाई शिव–पार्वतीको बासस्थान मानी पुज्ने गरिन्छ। त्यसो त हिमालय पर्वत परापूर्वकालदेखि नै आध्यात्मिक साधनाको केन्द्रबिन्दु रहिआएको छ। हिमालय क्षेत्र शान्त, सुन्दर र स्वच्छ रहने हुनाले यसलाई ऋषिमुनिहरूको ध्यान, तपस्या र आध्यात्मिक साधनाको केन्द्र मानिएको छ। कैयौँ तपस्वीले त्यहाँ गई आत्मज्ञान हासिल गर्दछन्।
हिमालय पर्वत धर्तीकै सबैभन्दा उच्च सतहमा रहेको पवित्र र स्वच्छ स्थान हुनाले पनि त्यहाँ देवी–देवताले बास गर्ने विश्वास हिन्दूलगायत विभिन्न धर्मका अनुयायीहरूमा छ। हिमालय पर्वत हाम्रो जीवनको निम्ति नभई नहुने पानीको मूल स्रोत पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)