बालगृहलाई सहयोग गरेर मनाइयो संविधान दिवस
gorkhapatraonline.com · Sat Sep 19 09:48:26 GMT 2026

म्याग्दीमा फरक क्षमता भएका बालबालिका अध्ययन गर्ने दुईवटा स्रोत कक्षा र अनाथ बालबालिका आश्रित बालगृहलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेर संविधान दिवस २०८३ मनाइएको छ ।
बेनी नगरपालिका ४ सिंगाको धवलागिरी माध्यमिक विद्यालयको सुस्तश्रवण, वडा नम्बर ५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपाङ्गगता र नेपाल बालसंगठनले बेनीमा सञ्चालन गरेको बालगृहका अनाथ बालबालिकाहरुलाई सहयोग गरेर संविधान दिवस मनाइएको संविधान मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)