हिलो र जालीभित्र अल्झिएका थिए शव, माथिल्लो त्रिशूली-१ टनेलबाट थप ११ शव निकालियो
kalakarmi.com · Sat Sep 19 09:48:08 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट थप ११ वटा शव फेला परेका छन् ।
नेपाली सेनाका अनुसार शनिवार आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धारका क्रममा जालीभित्र अल्झिएको र हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला परेका हुन् । फेला परेका सबै शवलाई उद्धार गरी टनेलबाट बाहिर निकालिएको सेनाले जनाएको छ । बाढीका कारण टनेल क्षेत्रमा ठूलो मात्रामा हिलो, ढुंगा तथा अन्य सामग्री थुप्रिएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)