युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
ratopati.com · Sat Sep 19 09:51:24 GMT 2026

मस्काे । रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ । क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढाएको यस कदमको युक्रेनले कडा विरोध गरेको छ । मानव अधिकारकर्मीहरूले भने त्यहाँका बासिन्दालाई मतदानका लागि दबाब दिइएको बताएका छन् ।
रुसभर शुक्रबारदेखि सुरु भएको मतदान आइतबारसम्म चल्नेछ । तर, युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्र तथा रुसको सीमावर्ती केही क्षेत्रमा भने सुरक्षा कारण देखाउँदै गत महिनाको अन्त्यदेखि नै मतदान सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)