पावरप्याक एक्सनले भरिएको ‘आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक, निखिलले भने– ‘जंग जित्नु छ’
kendrabindu.com · Sat Sep 19 09:51:28 GMT 2026

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको पावरप्याक एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्वका दृश्य र मनोरञ्जनात्मक प्रस्तुतिले फिल्मलाई एक्सनप्रधान बनाएको संकेत गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)