चीनलाई पछि पार्दै अगाडि निस्कियो नेपाल: एशियाकै दोस्रो स्वस्थ सहर बन्यो नेपालको धुलिखेल!
barnanmedia.com · Sat Sep 19 09:44:39 GMT 2026

विश्व स्वास्थ्य सङ्गठन (WHO) को मूल्याङ्कनमा नेपालको काभ्रेपलाञ्चोकस्थित धुलिखेल नगरपालिका एशियाका विशाल सहरहरूलाई पछि पार्दै एशियाकै दोस्रो स्वस्थ सहर (Healthy City) घोषित भएको छ। धुलिखेलले ६५.४८ अङ्क प्राप्त गर्दै नेपालको पहिलो र सम्पूर्ण एशिया महादेशकै दोस्रो स्थान हासिल गर्ने ऐतिहासिक कीर्तिमान बनाएको हो।
सन् २०२१ देखि निरन्तर अनुगमनपछि WHO ले धुलिखेलको स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच, बालस्वास्थ्य, पोषण, स्वच्छ वातावरण र स्थानीय सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेर यो उपाधि प्रदान गरेको हो। यस सफलतासँगै धुलिखेल WHO Healthy City Network मा समेत सूचीकृत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)