मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटक गाडीमा कर्मचारी र पदाधिकारीको रजाइँ

ekantipur.com · Sun Dec 25 01:15:24 GMT 2022

लुम्बिनी — पर्यटकको सुविधाका लागि अनुदानमा प्राप्त विद्युतीय भ्यान/ट्याक्सीमा अहिले लुम्बिनी विकास कोषका कर्मचारी र बोर्डका पदाधिकारीले रजाइँ गरिरहेका छन् । विश्व सम्पदा स्थल लुम्बिनीलाई वातावरण प्रदूषणरहित बनाउन एसियाली विकास बैंकको अनुदानमा प्राप्त भएका १४ वटा भ्यान/ट्याक्सी र पाँचवटा बसमध्ये ९ वटा भ्यान/ट्याक्सी कर्मचारी र पदाधिकारीको निवास, बिहार र क्वार्टरमा छन् । बस पनि बिनायोजना अव्यवस्थित रूपमा सञ्चालन गर्दा बिग्रिएर थन्केका छन् ।

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र बोर्ड सदस्य विश्वराज पौडेलले एउटा–एउटा भ्यान चढिरहेका छन् । एउटा भ्यान लुम्बिनीस्थित सशस्त्र प्रहरीको बेसले प्रयोग गरिरहेको छ । त्यस्तै कोषको प्रशासन, सूचना र पुरातत्त्व शाखाका कर्मचारीले पनि भ्यान प्रयोग गरेका छन् । ‘जसले पायो, उसले चढिरहेको छ,’ कोषका एक अधिकृतले भने, ‘कुनै रेकर्ड छैन । जसको पहुँच भयो, उसले लगिरहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)