दरम र गौदीखोलामा माछा मार्न प्रतिबन्ध
gorkhapatraonline.com · Sat Sep 19 09:56:58 GMT 2026

गलकोट नगरपालिकाले दरम र गौदीखोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै असला माछा संरक्षण तथा जलचर जैविक विविधताको संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाएको हो ।
दरम र गौदीखोलामा पाइने असला माछा नेपालमै प्रसिद्ध छ । गलकोटको चिनारीको रूपमा रहेको असला माछाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)