२० औं एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी
nepalnews.com · Sat Sep 19 09:15:13 GMT 2026
काठमाडौँ। २० औं एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो।
प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ। समारोह स्थानीय समयअनुसार आज साँझ ६ बजे सुरु हुनेछ। प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)