मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२६ स्थानीय तहले अझै ल्याएनन् बजेट

baahrakhari.com · Wed Oct 26 00:21:00 GMT 2022

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को तीन महिना सकिँदासम्म २६ स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये बजेट नल्याउनेमा मधेस प्रदेशका २३ र लुम्बिनी प्रदेशका तीन स्थानीय तह रहेका छन् । अरू पाँच वटा प्रदेशका ७२७ स्थानीय तहले भने बजेट ल्याएका छन् ।

बजेट नल्याउने स्थानीय तहमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने गैडहवा गाउँपालिका, दाङको राजपुर गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिका रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)