नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि
barnanmedia.com · Sat Sep 19 10:09:14 GMT 2026
यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी (भक्तपुर)को आयोजनामा सञ्चालन भएको २२औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधि हात पारेको हो ।
आज यहाँ आयोजित समापन कार्यक्रम कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रदीप जङ्ग केसीले विजेता नेपाल पुलिस स्कुललाई रु ५० हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई रु ३० हजार नगद पुरस्कारसहित रनरअप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)