मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बाहुनडाँगीमा तरुल महोत्सव : तरुलबाट बनाइएको मःम, पकौडा अवलोकनकर्ताको रोजाइमा

barnanmedia.com · Tue Jan 14 01:24:28 GMT 2025

काठमाडाैँ, १ माघः माघे सङ्क्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ ।

मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छभने तीन दिनमा रु ५० लाखबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)