‘इन्द्रिय रङ्गहरू’ नेपाली शिक्षाको ऐना
gorkhapatraonline.com · Tue Jan 14 01:32:56 GMT 2025

इन्द्रिय रङ्गहरू पुस्तक चेतनाका रङ्गहरू घोलेर लेखिएका समाजका दर्दनाक कथाहरू हुन् । सबाल्र्टन आवाज मिसिएका कथाभित्र एक बालक पुरुषको मनोदशा र त्यसले निर्देश गर्ने मार्गबारे प्रशस्त ज्ञान दिने पुस्तकका रूपमा लेखक तथा शैक्षिक अभियन्ता इन्द्रप्रसाद खाइतुको ‘इन्द्रिय रङ्गहरू’ पुस्तक केही साताअघि मात्र बजारमा आएको हो । आत्मकथा विधाबाट यो पुस्तकलाई सम्बोधन गरे पनि कृति पढ्दा उपन्यास पढिरहेको छु भन्ने आभास गर्न सकिने ‘इन्द्रिय रङ्गहरू’ कृतिमा बाल अधिकारका विषय, विद्यार्थीका मनस्थिति, परम्परागत शैलीमा अध्यापन गराउने विद्यालयहरूको शिक्षण शैली र त्यसले विद्यार्थीको जीवनमा पारेका असर र मुलुकले कस्तो खालको जनशक्ति पाइरहेको छ भन्ने सन्दर्भको आख्यानात्मक शैलीमा चिरफार गरिएको छ ।
खाइतुको यो कृतिले मानिसले बनाएका प्रणालीबाटै मानिस कसरी पीडित बनिरहेका छन् र परम्परावादी समाजले मानिसको अधिकार कसरी किचेका छन् भन्ने सन्दर्भ पाठकसामु जस्ताको तस्तै ल्याउन सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)