दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइन्छ : मन्त्री अधिकारी
nagariknews.nagariknetwork.com · Mon Jan 13 14:52:10 GMT 2025

कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताएका छन्।
केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले एक/डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। 'उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ। आफूले नगदमा बिक्री गर्ने तर किसानबाट उधारोमा दूध लिनु राम्रो होइन। कृषकले समयमै आफ्नो पैसा पाउनुपर्दछ। यसका लागि मन्त्रालयले पहल गरिरहेको छ,' मन्त्री अधिकारीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)