प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
ratopati.com · Sat Jul 18 20:57:59 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि फ्रान्स र इङ्गल्याण्डबिचको बहुप्रतीक्षित खेल नेपाली समय अनुसार आज आइतबार बिहान २ः४५ बजेबाट रूपमा सुरु भएको छ । सेमिफाइनलको पराजयबाट बाहिरिँदै विश्वकप यात्रालाई जितका साथ सुखद अन्त्य गर्ने र आफ्नो प्रतिष्ठा जोगाउने उद्देश्यका साथ दुवै टोली मैदानमा उत्रिएका छन् ।
मैदानमा उत्रिएको फ्रान्सेली टोलीको अग्रपंक्तिको नेतृत्व स्टार फरवार्ड किलियन एम्बाप्पेले गरिरहेका छन् भने उनलाई माइकल ओलिसे र डेसिरे डोउले आक्रमणमा साथ दिइरहेका छन् । मिडफिल्डमा युवा खेलाडी वारेन जाइरे(इम्री, रायन चेर्की र एड्रियन राबियोट सक्रिय छन्। त्यसैगरी, रक्षापंक्तिमा मालो गुस्टो, इब्राहिमा कोनाटे, म्याक्सेन्स लाक्रोइक्स र थियो हर्नान्डेज तैनाथ छन् भने गोलपोस्टको जिम्मेवारी माइक मेन्यानले सम्हालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)