राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव अन्तर्गत खेलकुद सप्ताह सुरु
ratopati.com · Sat Sep 19 10:22:50 GMT 2026

घोराही । संविधान दिवस तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवको अवसरमा खेलकुद सप्ताह शनिबारदेखि सुरु भएको छ । नेपाल पुलिस बोर्डिङ स्कुलमा आयोजित खेलकुद सप्ताहको प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले उद्घाटन गरेका हुन् ।
खेलकुद सप्ताहअन्तर्गत भलिबल, फुटबल, दौड, क्रिकेटलगायत विभिन्न विधाका १७ वटा खेल आयोजना गरिएको छ । खेलकुद सप्ताह असोज १० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)