चर्चित हात्ती ‘रोनाल्डो’को अन्त्येष्टि
kendrabindu.com · Sat Sep 19 10:22:13 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । करिब ५३ वर्षको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत अवस्थामा फेला परेको थियो ।
पोस्टमार्टमका क्रममा रोनाल्डोको मुखमा विद्युत्को तार फेला परेको थियो । त्यसपछि करेन्ट लागेर हात्तीको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि, मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुने चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)