प्रधानमन्त्री बालेन शाहलाई रास्वपा भित्रैबाट असफल बनाउन खोजिँदैछ : प्रभु साह
ratopati.com · Sat Sep 19 10:32:16 GMT 2026

वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको शक्तिशाली सरकार बन्दा पनि व्यवहारमा सरकार शक्तिहीन र लाचार बनेको टिप्पणी गरेका छन् । सरकार जनतासँगको सम्पर्क टुटाएर लिकभन्दा बाहिर गएको कारण अहिले पनि देश अन्त्यहीन सङ्कटमा रहेको साहको टिप्पणी छ ।
आजपा सम्मिलित ९ दलीय मोर्चाको मधेस प्रदेश समन्वय समितिद्वारा आज (शनिबार) मधेस प्रदेशको वीरगन्जको टाउन हलमा आयोजित बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले सरकार विपक्षीहरूको कारण कमजोर देखिएको हैन, रास्वपा भित्रैबाट असहयोगको कारण लाचार देखिएको दाबी गरे । उनले संसदमा रहेको सङ्ख्याको कारण वर्तमान सरकार शक्तिशाली देखिए पनि उसले लिएको नीति र गरिरहेको व्यवहारको कारण बिचारा अवस्थामा पुगेको टिप्पणी गरे । उनले प्रधानमन्त्री शाहलाई एम्बिशन पूरा गर्ने हो भने एक्सनमा उत्रिन सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)