तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
ratopati.com · Sat Jul 18 21:06:02 GMT 2026
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इङ्गल्याण्डबीचको खेलमा इङ्गल्याण्डले सुरुवाती अग्रता बनाएको छ । खेल सुरु भएको तेस्रो मिनेटमै इङ्गल्याण्डले पहिलो सफलता हात पारेको हो ।
इङ्गल्याण्डका जर्सी नम्बर ४ का मिडफिल्डर डिक्लान राइसले खेलको तेस्रो मिनेटमै उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाएका हुन् । खेल सुरु हुनासाथ आक्रामक रणनीति अपनाएको इङ्गल्याण्डले रासको गोलसँगै खेलमा आफ्नो बलियो पकड बनाएको छ भने फ्रान्स सुरुवातमै १–० ले पछि पर्दै दबाबमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)