राजस्थानले गुजरातलाई हरायो, सामसन र हेटमायरको उत्कृष्ट ब्याटिङ
farakdhar.com · Mon Apr 17 00:51:48 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गत संस्करण विजेता गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्स ३ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा कप्तान सञ्जु सामसन र शिमरोन हेटमायरले अर्धशतकीय पारी खेले । ३२ बलको सामना गरेका सामसनले ६ छक्का र ३ चौकाको सहयोगमा ६० रन बनाए । त्यस्तै, हेटायरले २५ बलमा ५ छक्का र २ चौकासहित अविजित ५६ रनको इनिङ खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)