एसियाडमा पदक ल्याउने गरी खेल्छौँ : कप्तान दीपेन्द्रसिंह ऐरी
ratopati.com · Sat Sep 19 10:36:28 GMT 2026
काठमाडौँ । जापानमा आजदेखि औपचारिक रूपमा सुरु भएको २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुन लागेको नेपाली क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले यस पटक पदक जित्ने लक्ष्य रहेको बताएका छन् ।
शनिबार नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दीपेन्द्रले एसियाडका लागि आफूले तीन–चार महिनाअघिदेखि नै तयारी सुरु गरेको बताए । उनले टोलीका सबै खेलाडी राम्रो तयारीमा रहेको उल्लेख गर्दै यसपटक अघिल्लो सहभागिताभन्दा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)