मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक वर्षलाई टर्‍यो ‘ग्रे लिस्ट’ जोखिम

ekantipur.com · Wed Jul 19 00:41:58 GMT 2023

काठमाडौँ — सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को नकारात्मक सूची (ग्रे लिस्ट) मा पर्नबाट नेपाल फेरि जोगिएको छ । तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि सर्तसहित एक वर्षको समय थपिएको हो । गत असार अन्तिम साता (जुलाई ९–१४) क्यानडामा भएको एफएटीएफ २३औं वार्षिक साधारणसभाले नेपाललाई सुध्रिन समय दिएको हो ।

कार्यक्रममा नेपालको प्रतिरक्षा गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा करिब ३० जनाको नेपाली टोली गत असार तेस्रो साता क्यानडा गएको थियो । टोली बुधबार स्वदेश फर्किंदै छ । ‘ग्रे लिस्टमा राख्नुअघि सुध्रिनका लागि प्रायः सबै राष्ट्रले एक वर्ष समय पाउँछन्, अहिले नेपालले पनि त्यही सुविधा पाएको हो,’ कार्यक्रममा सहभागी एक सदस्यले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)