तत्काल एमालेसँग एकता र पद बाँडफाँटका हल्लाहरूमा सत्यता छैन् : वर्षमान पुन
annapurnapost.com · Sat Sep 19 10:31:38 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले तत्काल एमालेसँग एकता र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका छन्। शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले एमालेसँग एकता हुने भन्दै आएका हल्लाहरु सत्य नभएको बताएका हुन्।
उनले भविष्यमा भने पार्टी एकता गर्ने बिषयमा नेतृत्व तहमा कुराकानी भएको उल्लेख गरेका छन्। एमालेसँग प्रदेश सरकारमा सहकार्य भइसकेको भन्दै पुनले संविधान तथा लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वामशक्तिहरू तथा आवश्यक पर्दा कांग्रेससँग पनि सहकार्य जारी रहने बताए। एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकताको अवस्था नरहेको नेता पुनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)