सिमरामा असोज दोस्रो साता अन्तर्राष्ट्रिय महिला फूटबल हुने
annapurnapost.com · Sat Sep 19 10:43:46 GMT 2026
सिमरा : बाराको सिमरामा असोज दोस्रो सातादेखि ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटलब प्रतियोगिता’ हुने भएको छ। सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै असोज १० गतेदेखि १७ गतेसम्म प्रतियोगितामा गर्न लागिएको जानकारी गराएको हो।
सिमरा रंगशालामा रात्री समयमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा महिला फूटबल टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब धरान, बसन्तपुर युनाइटेड क्लब चितवन, दार्जिलिङको कुर्सेङ गोल्स फुटबल क्लब, झारखण्ड स्टेट स्पोर्टस् प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लबले सहभागिता जनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)