लन्डनको हिथ्रो एयरपोर्ट किन बन्द भयाे?
barnanmedia.com · Fri Mar 21 22:41:53 GMT 2025

लन्डनको हिथ्रो विमानस्थल शुक्रबार एक दिनका लागि बन्द गरिएको थियो। विमानस्थल बन्द हुँदा विश्वभरका उडानहरूमा असर परेको छ।
शुक्रबार हिथ्रो विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा आगलागी भएको थियो। परिणामस्वरुप विमानस्थलको विद्युत आपूर्ति अवरुद्ध भएको छ। घटनाको कारण विमानस्थल आउने र जाने थुप्रै उडानहरू रद्द गरिएको छ। उडानहरू अन्य एयरपोर्टहरूमा डाइभर्ट गरिएको छ। अहिलेसम्म 1,350 भन्दा बढी उडानहरू रद्द भइसकेका छन्। हजारौँ यात्रुहरू हिथ्रो र अन्य एयरपोर्टहरूमा फसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)