मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला साफ च्याम्पियनशिपको आधिकारिक डिजिटल प्रसारण साझेदारमा ‘डीगो’

techpana.com · Wed Jun 03 16:09:40 GMT 2026

काठमाडौं । डिजिटल प्लेटफर्म डीगो 'DGO' ले दक्षिण एसियाली फुटबल महासंघ महिला च्याम्पियनसिप २०२६ को नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको छ । योसँगै नेपाली फुटबल प्रेमीहरूले अब उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण डीगो एपमार्फत हेर्न पाउनेछन् ।

११-२२ जेठसम्म भारतमा हुने साफ महिला च्याम्पियनसिपका लागि डीगोले विशेष प्रसारण अधिकार प्राप्त गरेको हो । यसअघि डीगोले सन् २०२६ को फिफा विश्वकपको समेत नेपालका लागि आधिकारिक डिजिटल प्रसारण अधिकार प्राप्त गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)