लोक कल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण
ratopati.com · Sat Sep 19 10:58:36 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लोक कल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यानाकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । टोलीमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टङ्क कार्की, विश्वराज किराँत, सीता पोखरेल तथा कल्पना खड्का तथा वरिष्ठ पत्रकारहरूको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)