ब्रिटिस कलेजको व्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी सञ्चालन हुने
baahrakhari.com · Thu Jul 08 16:51:00 GMT 2021
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि व्यवस्थापन गर्न लागेको हो ।
टीबीसीले व्यवस्थापनकाे साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेसन ग्रुपमा आएको आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए । टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको व्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)