सिमरामा असोज १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल हुने
ratopati.com · Sat Sep 19 11:03:58 GMT 2026
काठमाडौँ । सिमरा भेट्रान क्लबको आयोजनामा ‘एक्स्ट्रिम जितपुर सिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । प्रतियोगिता असोज १० गतेदेखि १७ गतेसम्म सिमरा रङ्गशालामा सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
महिला फुटबलको विकास तथा प्रवर्द्धनसँगै महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेल फ्लड लाइटमा बेलुकी ६ बजेदेखि सञ्चालन हुनेछन् । प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ टोलीको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)