हामी अहंकारमुक्त नेपाल चाहन्छौं : प्रभु साह
rajdhanidaily.com · Sat Sep 19 11:15:53 GMT 2026

वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दापनि व्यवहारमा सरकार शक्तिहीन लाचार बनेको टिप्पणी गरेका छन् । सरकार जनतासँगको सम्पर्क टुटाएर लिकभन्दा बाहिर गएको कारण अहिलेपनि देश अन्त्यहीन संकटमा रहेको साहको टिप्पणी छ ।
आजपासम्मिलित ९ दलीय मोर्चाको मधेश प्रदेश समन्वय समितिद्धारा आज (शनिबार) मधेश प्रदेशको वीरगञ्जको टाउन हलमा आयोजित बृहत्त कार्यकर्ता भेला तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले सरकार विपक्षीहरूको कारण कमजोर देखिएको हैन, रास्वपाभित्रैबाट असहयोगको कारण लाचार देखिएको दाबी गरे । उनले संसद्मा रहेको संख्याको कारण वर्तमान सरकार शक्तिशाली देखिएपनि उसले लिएको नीति र गरिरहेको व्यवहारको कारण बिचारा अवस्थामा पुगेको टिप्पणी गरे । उनले प्रधानमन्त्री शाहलाई एम्बिशन पूरा गर्ने हो भने एक्शनमा उत्रिन सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)