तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास
ratopati.com · Wed Nov 15 06:25:00 GMT 2023
काठमाडौँ । सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना दिएका छन् ।
सभामुखले आज एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)