मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी हेडक्वाटरमा आगलागी

nepalnews.com · Wed Jun 03 16:38:17 GMT 2026

काठमाडौँ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आगलागी भएको छ। हलचोकको सवारी शाखामा बुधबार राति आगलागी भएको सशस्त्र प्रहरीले जनाएको छ।

“सवारी शाखामा गाडी राखेको ठाउँमा आगलागी भएको हो,” सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले भने।

आगलागी भएको २० मिनेटमा नियन्त्रणमा लिइएको र क्षतिको विवरण संकलन भइरहेको उनले बताए। आगलागी के कारण भएको भन्नेबारे अनुसन्धान भइरहेको भट्टले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)