मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१ वर्षभित्र आयोजना सक्न निर्देशन

abhiyandaily.com

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना १ वर्षभित्र सक्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजना २०७९ पुसभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिँदै समयसीमाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहेको छ लगानीकर्ताले प्रतिफल पाउन सकेका छैनन्,’ घिसिङले भने, ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधैं तयार छौं । आयोजनाको स्वामित्व लिई टीम बनाएर काम गरौं, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)