नेपालमा सुस्ताएको ‘हली’ बेलायतमा विशेष प्रदर्शन हुँदै
nagariknews.nagariknetwork.com · Sat Sep 19 11:31:49 GMT 2026

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हली’ बेलायतमा प्रदर्शन हुने भएको छ। चलचित्रलाई आइतबार, असोज ४ गते बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा विशेष प्रदर्शनीका रूपमा देखाइने निर्माण पक्षले जनाएको छ।
नेपालमा प्रदर्शन भइरहेको ‘हली’लाई बेलायतमा रहेका नेपाली दर्शकमाझ पुर्याउने उद्देश्यले विशेष शो आयोजना गर्न लागिएको हो। बेलायतमा प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)