पदक जित्ने लक्ष्यसहित एसियन गेम्स जाँदै नेपाली क्रिकेट टोली
kalakarmi.com · Sat Sep 19 11:43:01 GMT 2026
काठमाडौं- २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरिएको हो ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि राम्रो प्रदर्शन गर्दै पदक जित्ने लक्ष्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)