अर्थले फेरि माग्यो कोरोना बिमा भुक्तानीको पछिल्लो विवरण
ekantipur.com · Thu Jan 26 01:06:18 GMT 2023
काठमाडौँ — अर्थ मन्त्रालयले कोरोना बिमा भुक्तानीको अवस्थाबारे पछिल्लो विवरण मागेको छ । अर्थमन्त्रीमा नियुक्त भएपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँगको भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कोरोना बिमा भुक्तानीको पछिल्लो विवरण मागेका हुन् । अर्थमन्त्रीको निर्देशनबमोजिम प्राधिकरणले मंगलबार नै कोरोना बिमा भुक्तानीको पछिल्लो विवरण अर्थ मन्त्रालयमा बुझाइसकेको छ ।
‘उपप्रधान एवं अर्थमन्त्रीको निर्देशनअनुसार प्राधिकरणले कोभिड बिमाका विगतदेखि हालसम्मका कागजात र बिमा भुक्तानीको पछिल्लो अवस्थाबारे विवरण अर्थ मन्त्रालयमा बुझाएका छौं,’ सिलवालले भने, ‘भुक्तानी गर्न बाँकी कोरोना बिमा सम्बन्धमा अर्थमन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)