मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोडारीलाई सुदूरपश्चिममा मुख्यमन्त्री उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

Ujyaaloonline.com · Wed Apr 17 23:13:34 UTC 2024

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

हिजो सत्ता गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)