खेलकुदको माध्यमबाट सम्बन्ध विस्तारमा योगदान पुग्छ : राष्ट्रपति
gorkhapatraonline.com · Wed Jun 03 17:19:01 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदको माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषदद्वारा आज आयोजित १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ख्याति र पहिचानको लागि मात्र सीमित नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो । अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)