प्रदेश सरकारको प्राथमिकतामा खेलकुद
gorkhapatraonline.com · Sat Sep 19 11:58:22 GMT 2026
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गर्दै जाने बताउनुभएको छ । संविधान दिवसका अवसरमा हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले शनिबार आयोजना गरेको नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री थापाका अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष खेलकुद क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि बजेट विनियोजन गर्दै आएका छन् । स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता र खेलाडीको रुचिका आधारमा खेलकुदका कार्यक्रम तथा पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्ने गरेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)