अर्बाउदी गाउँका सबै घरमा धारा
gorkhapatraonline.com · Sat Sep 19 12:00:15 GMT 2026

बागलुङ नगरपालिका –१० भकुण्डेस्थित अर्बाउदी गाउँमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ५८ लाख ५० हजार ६ सय १३ र जनश्रमदानसहित स्थानीय उपभोक्ताको ९ लाख ७६ हजार २ सय ७५ रुपियाँ गरी कुल ६८ लाख २६ हजार आठसय ८८ रुपियाँको लागतमा अर्बाउदी खानेपानी आयोजना सम्पन्न भएको हो ।
‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत भकुण्डेको पानीगैरा, गग्रेगरा र लोसेमूलको पानी आयोजनामार्फत घर–घरमा वितरण गरिएपछि वर्षाैदेखि खानेपानी जोहोको लागि खोला–खोल्सामा धाउनुपर्ने बाध्यता अन्त्य भएको अर्बाउदी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सचिन थापाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)