बाढी प्रभावितका लागि गोरखाका ११ स्थानीय तहबाट तीन करोड रुपैयाँ राहत संकलन
annapurnapost.com · Sat Sep 19 11:59:34 GMT 2026

गोरखा : भोटेकोशी बाढीपीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ राहत रकम संकलन गरेका छन्। जिल्लाका ११ वटा पालिकाहरुले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट रकम संकलन गरेका हुन्। उनीहरुले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएका छन्।
सबैभन्दा धेरै गोरखा नगरपालिकाले ५० लाख रुपैयाँ संकलन गरेको छ। जनप्रतिनिधिहरुबाट पाँच लाख, शिक्षक, कर्मचारीहरुबाट ३१ लाख ४० हजार ५८९, नगरपालिकाले नियुक्त गरेको कर्मचारीहरुबाट ११ लाख ३२ हजार ८९० र नगरपालिकाको कोषबाट दुईलाख २६ हजार ५२१ गरी ५० लाख रुपैयाँ संकलन गरिएको नगरपालिकाका इञ्जिनियर प्रकाश ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)