अन्नपूर्ण म्याराथनको उपाधि जुम्लालाई
ratopati.com · Wed Jun 03 17:31:31 GMT 2026
कास्की । छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी मञ्जु रावतले चुमेकी छिन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा बुधबार यहाँ आयोजित उक्त प्रतिस्पर्धामा जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाकी २५ वर्षीया धाविका रावतले अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९ किमी दूरी ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)