मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आर्थिक सङ्कटबीच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने

nepalnews.com · Sat Sep 19 12:19:46 GMT 2026

बोलिभिया । बोलिभियाका सांसदहरूले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको एक दशमलव नौ अर्ब डलरको ऋण सम्झौता अनुमोदन गरेका छन् । देश गहिरो आर्थिक सङ्कटमा रहेका बेला सरकारले इन्धन अनुदान हटाउने निर्णय गरेपछि ट्रेड युनियनहरूले पुनः विरोध प्रदर्शनको चेतावनी दिएका छन् ।

तल्लो सदनबाट पारित भएको एक दिनपछि सिनेटले पनि सम्झौता अनुमोदन गरेको हो । यससँगै तीन वर्षे वित्तीय कार्यक्रम अघि बढाउन आवश्यक कानुनी प्रक्रिया पूरा भएको छ । कार्यक्रमको उद्देश्य घट्दो विदेशी मुद्रा सञ्चिति बढाउनु तथा उच्च मुद्रास्फीति र कमजोर आर्थिक वृद्धिबाट प्रभावित अर्थतन्त्रलाई स्थिर बनाउनु हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)